+
+

रोल्पाका ३ सामुदायिक विद्यालयमा स्कुल बस

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते १२:५८

१८ मंसिर, रोल्पा । रोल्पाका तीन सामुदायिक विद्यालयले स्कुल बस सञ्चालनमा ल्याएका छन् ।

परिवर्तन गाउँपालिका–५ मौलावोटको नेपाल राष्ट्रिय मावि, रोल्पा नगरपालिका–६ कोटगाउँको नेपाल मावि र सदरमुकाम लिवाङको बालकल्याण माविले स्कुल बस सञ्चालन गरेका हुन् । नेपाल मावि कोटगाउँ, बालकल्याण मावि लिवाङले १/१ वटा र नेपाल राष्ट्रिय मावि मौलावोटले २ वटा बस सञ्चालनमा ल्याएका छन् ।

नेपाल राष्ट्रिय मावि मौलावोट र बालकल्याण मावि लिवाङ संघीय सरकारले छनोट गरेका नमूना विद्यालय हुन् भने नेपाल मावि कोटगाउँ लुम्बिनी प्रदेशले छनोट गरेको प्रदेश स्तरीय नमूना विद्यालय हो ।

बस सेवा सुरु गरेपछि विद्यार्थीलाई आवतजावतमा सजिलो हुनुका साथै समय वचत भएको नेपाल राष्ट्रिय मावि मौलावोटका प्रधानाध्यापक गोपाल केसीले बताए । बस सञ्चालन खर्च जुटाउन भने कठिन भएको उनको भनाइ छ ।

रोल्पामा ४०७ सामुदायिक र २९ संस्थागत गरी ४३६ विद्यललय छन्, ती विद्यालयमा करिब ८५ हजार विद्यार्थी अध्ययन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?