+

ब्राजिली खेलाडी अनुबन्धनमा पटक पटक चुकिरहेकाे बार्सिलोना

२०७९ पुष  २८ गते १८:११ २०७९ पुष २८ गते १८:११
ब्राजिली खेलाडी अनुबन्धनमा पटक पटक चुकिरहेकाे बार्सिलोना

२९ पुस, काठमाडौं । जब बार्सिलोनोले म्याथ्युज फर्नान्डेजसँग सम्झौता गर्यो, ब्राजिलमा कसैले पनि यसबारे विश्वास गर्न सकेका थिए । जव ब्राजिलका पत्रकारहरुसँग उनको क्षमताबारे सोधियो, उनीहरु बार्सिलोनाले के देखेर अनुबन्ध गरेको ? भनेर प्रतिप्रश्न गर्थे ।

यस्तै अनुबन्ध केहि वर्ष अगाडि पनि भएको थियो जव बार्सिलोनाले ब्राजिलका डग्दास पेरेइरालाई भित्र्याउने निर्णय गरेको थियो । ती राइट ब्याक म्याथ्युजजत्तिको स्तरका पनि थिएनन् जसले बार्सिलोनाबाट खेल्ने हैसियद राखोस् ।

बार्सिलोनाको पूरा इतिहासमा ब्राजिलको खेलाडी बजारबाट यस्ता खराव अनुबन्धहरु भइरहेका देखिन्छन् ।

डग्लास, हेनरिक, केरिसन

बार्सिलोनाले म्याथ्युजका लागि ७ मिलियन र डग्लासका लागि ४ मिलियन युरो खचेको थियो । कुल मिलाएर बार्सिलोनाले ११ मिलियन खर्चियो । तर, म्याथ्युजले बार्सिलोनाका लागि कुल १७ मिनेट खेले भने डग्लासले २ सिजनमा ८ खेल खेले ।

तर, यदि तपाई विगतलाई हेर्नुहुन्छ भने यस्ता घटनाहरु भइरहेका छन् । लापोर्टा पहिलोपल्ट अध्यक्ष हुँदा २२ मिलियन खर्चेर अनुबन्ध गरिएका दुई ब्राजिली खेलाडीले डेब्यूसमेत गर्न पाएनन् । हेनरिकलाई ८ मिलियन र केरिसनलाई १४ मिलियनमा अनुबन्ध गरिएको थियो ।

बार्सिलोनाका लागि केवल १७ मिनेट

म्याथ्युजको विषयमा फर्केर हेर्दा, यो सम्झौता बार्सिलोनाका लागि साँच्चै घातक थियो । उनी क्याम्प नोउ पुग्नुअघि नै आधा सिजनका लागि ऋणमा आवद्ध भइ सकेका थिए ।

उनले बार्सिलोनामा रहेर जम्मा १७ मिनेट खेले । ब्राजिलियनले च्याम्पियन्स लिगको एक खेलमा जम्मा १७ मिनेट खेल प्रदर्शन गरेका छन् । जसमा बार्सिलोनाले डायनामोलाइर्् ४–० ले पराजित गरेको थियो ।

उनीलाई क्लबले जति पैसा खन्याएको थियो त्यस अनुरुप उनले खेल्न सकेनन् । फलस्वरुप क्लबले उनलाई बर्खास्त गर्न चाहन्थ्यो । तर, अनुबन्ध पाँच बर्षको लागि गरिएको थियो जसको बापत क्लबले उनलाई १५.५ मिलियन युरो मुआब्जा तिर्नु पर्ेको थिया्े ।

क्लबबाट खेलेको हरेक मिनेटका लागि उनले झण्डै १ मिलियनका दरले लिए ।

बार्सिलाेना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय