+

स्पोर्टस अवार्ड फागुन २३ गते

२०७९ माघ  ९ गते १३:४७ २०७९ माघ ९ गते १३:४७
स्पोर्टस अवार्ड फागुन २३ गते

९ माघ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष गर्ने स्पोर्टस अवार्डको १९औं संस्करण आगामी फागुन २३ गते हुने भएको छ ।

वर्ष २०७८ मा नेपाली खेलकुदमा भएको प्रदर्शनका आधारमा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विगतका वर्षमा जस्तै यसवर्ष पनि स्पोर्टस अवार्डमा ९ प्रमुख विधा समावेश छन् ।

वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, उत्कृष्ट पाराएथ्लिट अवार्ड, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।

त्यस्तै एसियन जर्नलिष्ट अवार्डको नाममा एकजना एशियाली खेलकुद पत्रकारलाई सम्मानित गरिनेछ ।

वर्षको उत्कृष्ट पुरुष, महिला खेलाडी र प्रशिक्षक तथा पिपुल्स च्वाइस अवार्डका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । यस संस्करणदेखि वर्षका उत्कृष्ट युवा खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइने एनएसजेएफले जनाएको छ ।

अन्य विधाका विजेताले नगद ५० हजार रुपैयाँ पाउनेछन् ।

मुख्य प्रायोजक हंसराज हुलास चन्द एण्ड कम्पनी

एनएसजेएफले स्पोर्टस अवार्डको मुख्य प्रायोजकका रुपमा हंसराज हुलास चन्द एण्ड कम्पनीसँग सोमबार नै सम्झौता गरेको छ । यसअघिका १३ संस्करणमा मुख्य प्रायाेजन गरेकाे हुलासले एनएसजेएफसँगकाे सहकार्य ५ वर्ष लम्ब्याएकाे हाे । याेसँगै कार्यक्रमकाे नाम एनएसजेएफ पल्सर स्पाेर्टस अवार्ड रहनेछ ।

नयाँ सम्झाैताअनुसार हुलासले एनएसजेएफकाे अवार्डका लागि पहिलाे वर्ष १२ लाख १० हजार नगद र पाँचवटा बजाज पल्सर माेटरसाइकल उपलब्ध गराउनेछ । नगद प्रायाेजनमा हरेक वर्ष १० प्रतिशतका दरले थपिँदै जानेछ ।

एनएसजेएफले हुलाससँग ३, ५ र ५ वर्ष गरी १३ वर्षसम्म सहकार्य गरिसकेकाे छ । हुलासका प्रवन्ध निर्देशक अभिमन्यु गाेल्छाले युवा र खेलकुदसँग सहकार्य गर्ने कम्पनीकाे नीतिअनुसार स्पाेर्टस अवार्डसँग लामाे सहकार्य सम्भव भएकाेमा गर्व लागेकाे बताए ।

अभिमन्यु र एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदीले नयाँ सम्झौतामा हस्ताक्षर गरे ।

एनएसजेएफ स्पोर्टस अवार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय