+

मिल्स टी-२० क्रिकेटको उपाधि नरपथगञ्जलाई

२०७९ चैत  २५ गते १८:४१ २०७९ चैत २५ गते १८:४१
मिल्स टी-२० क्रिकेटको उपाधि नरपथगञ्जलाई

२५ चैत, विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टी-२० प्रतियोगिताको उपाधि भारत विहारको राहुल ११ नरपथगञ्जले जितेको छ ।

विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा एनबिएससी त्रिकेट क्लब विराटनगरलाई ३ विकेटले हराउँदै नरपथगञ्जले उपाधि जितेको हो ।

च्याम्पियन नरपथगन्जले १ लाख ११ हजार पायो । उपविजेता विराटनगरले ५१ हजार प्राप्त गर्‍यो ।

१५८ रनको विजय लक्ष्य पछ्याएको नरपथगन्जले १८.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

नरपथगञ्जका भानु आन्दले ३५ बलमा ४ चौका र ६ छक्का मद्दतमा ६३ रन बनाए । विजय भारतीले नटआउट ३६ रन बनाए भने साहिल कुमारले २५ रन जोडे ।

विराटनगरका विधान गोस्वामीले ३.२ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए । साकिबुल गनीले २ विकेट र मोहित कुमारले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एनबीएससीले १९ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको थियो । विराटनगरका रोहन बिकेले ३५ बलमा ४४ रन बनाए ।

यस्तै प्रशान्त कुमारले २२ र विपिन सौरवले २१ रन बनाए । नरपथगञ्जका अमन सिंहले, सक्षम शर्मा, रबडा र साहिल कुमारले समान २-२ विकेट लिए ।

उत्कृष्ट प्रदर्शन गर्ने नरपथगञ्जका भानु प्लेअर अफ द फाइनल पनि घोषित भए । उनले ११ हजार रुपैयाँ पाए ।

प्रतियोगिताको बेस्ट ब्याटर नरपथगन्जका अभिषेक पाठक र बेस्ट बलर एनबीएससी विराटनगरका अनुभव श्रीवास्तव घोषित भए ।

यस्तै प्लेयर अफ द सिरीज एनबीएससीका विधान गोस्वामी घोषित भए । उनीहरू सबैले जनही १५ हजार रुपैयाँ पाए ।

उदयमान खेलाडी मिल्स एकाडेमीका अभय कुर्मी भए । उनले पाँच हजार पाए ।

विजेता टिम तथा खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय कोषाध्यक्ष रोशन सिंह, क्यानका वरिष्ठ सल्लाहकार नरेश श्रेष्ठ, नेपाल खेलकुद महासंघकी केन्द्रीय सदस्य साना डंगोल, मिल्स क्रिकेट एकाडेमीका अध्यक्ष मुरारी चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए ।

मिल्स कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय