+

च्याम्पियन्स लिगमा इन्टरले एसी मिलानलाई हरायो

२०८० वैशाख  २८ गते ६:०३ २०८० वैशाख २८ गते ६:०३
च्याम्पियन्स लिगमा इन्टरले एसी मिलानलाई हरायो

२८ वैशाख, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अल इटालियन सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानले एसी मिलानलाई २-० ले पराजित गरेको छ ।

सान सिरोमा बुधबार राति भएको खेलमा इन्टरले पहिलो हाफमै दुई गोल गरेको थियो । मिलान डर्बीमा इन्टर सुरुवाती ११ मिनेटमै दुई गोल गर्दै खेलमा हावी बनेको थियो ।

खेलको आठौं मिनेटमै एडेन जेकोले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि हेनरिख मिखातर्‍यनले गोल गरी इन्टरको अग्रता दोब्बर पारे ।

त्यही अग्रता कायम राख्दै इन्टरले दुई गोल अन्तरमा खेल जित्यो र दोस्रो लेगअघि फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

च्याम्पियन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय