+

खेल क्षेत्रमा सीएसआरको रकम प्रयोगमा पहल गर्न माग

२०८० जेठ  ४ गते १४:२७ २०८० जेठ ४ गते १४:२७
खेल क्षेत्रमा सीएसआरको रकम प्रयोगमा पहल गर्न माग

४ जेठ, काठमाडौं । नेपाल सुपर लिग फुटबल एसएसएल आयोजकले व्यवसायको सामाजिक उत्तरदायित्व कोषको (सीएसआर) रकम प्रयोग गर्नको लागि पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

नेपाल सुपर लिगका अध्यक्ष आश्रयता कार्की चौधरीलगायत टिमले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बालवुटारस्थित प्रधानमन्त्री निवासमा भेट गरि खेल क्षेत्रमा सीएसआर कोषको रकम प्रयोग गर्नको लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

यस्तै उनीहरुले सीएसआर कोषको रकम खेल क्षेत्रमा प्रयोग गर्न सकिएमा त्यसले नेपाली खेल क्षेत्रमा पुयाउन सक्ने सकारात्मक प्रवाभहरुको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री पनि यस विषयमा सकारात्मक रहेको जानकारी गराएको नेपाल सुपर लिगका अध्यक्ष आश्रयता कार्की चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष चौधरीले नेपाल सुपर लिगले नेपाली खेल क्षेत्रमा निजी क्षेत्रलाई जोड्दै खेल र खेलाडीका लागि आवश्यक लगानी भित्र्याउने र उत्कृष्ट प्रतियोगिताको माध्यमबाट नेपाली खेल क्षेत्रलाई थप व्यावसायिक र अन्तर्राष्ट्रियकरण गर्न प्रयास गरिरहेको भन्ने बारे जानकारी गराएका थिए ।

एनएसएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय