+

काभा पुरुष भलिबलमा नेपालको दोस्रो जित, अफगानिस्तान पाँच सेटमा पराजित

२०८० असोज  २४ गते १६:२३ २०८० असोज २४ गते १६:२३
काभा पुरुष भलिबलमा नेपालको दोस्रो जित, अफगानिस्तान पाँच सेटमा पराजित

२४ असोज,  काठमाडौं । श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले दोस्रो जित हात पारेको छ ।

बुधबार भएको खेलमा नेपालले अफगानिस्तानमाथि ३-२ को सेटमा रोमाञ्चक जित निकालेको हो ।

पहिलो सेट नेपालले २५-१९ ले जित्दै अग्रता बनाएको थियो । तर त्यसपछि अफगानिस्तानले पुनरागमन गर्दै दोस्रो सेट २५-१९ र तेस्रो सेट २५-२२ ले जित्दै २-१ को अग्रता बनायो ।

त्यसपछि नेपालले सानदार पुनरागमन गर्‍यो । चौथो सेट २५-१९ ले जितेर खेल २-२ को बराबरीमा पुर्‍यायो ।

पाँचौं तथा अन्तिम सेट १५-१० ले आफ्नो पक्षमा पार्दै नेपालले खेल जितेको हो ।

पहिलो खेलमा बंगलादेशलाई हराएर सानदार सुरुवात गरेको नेपाल दोस्रो सेटमा घरेलु टोली श्रीलंकासँग पराजित भएको थियो ।

काभा भलिबल च्यालेन्ज कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय