२६ असोज, काठमाडौं ।फिफा विश्वकप २०२६ को छनोट चरणमा अवे गोल गणना नहुने भएको छ ।
होम एण्ड अवे प्रणालीका आधारमा हुने प्रारम्भिक चरणको छनोट खेलमा अवे गोल गणना नुहने भएपछि नेपालले लाओस विरुद्धको दोस्रो लेगको खेलमा स्पष्ट जित निकाल्नुपर्ने छ ।
विश्वकप छनोटको प्रारम्भिक चरणको खेलमा नेपालले बिहीबार लाओससँग १-१ को बराबरी खेलेको थियो ।
अब दोस्रो लेगको खेल १७ अक्टोबरमा लाओसको मैदानमा हुनेछ । उक्त खेल बराबरीमा सकिए पनि कुनै टोलीलाई अवे गोलको फाइदा हुने छैन ।
यसअघि दुई लेगको खेलमा नतिजा बराबरी भए अवे गोलको आधारमा विजेता छुट्याइने प्रावधान थियो ।
तर यस पटक भने फिफाले छनोट खेलको नियमावलीमा परिवर्तन गर्दै अवे गोलको मान्यता नहुने र स्प्षट जित नै आवश्यक पर्ने जनाएको छ ।
अब नेपाल र लाओसबीचको दोस्रो खेलमा जति गोलको बराबरी भए पनि त्यो अन्तिम नतिजा हुने छैन ।
अब दुवै लेगको खेलपछि नतिजा बराबरी भएमा ३० मिनेटको अतिरिक्त समय खेलाइनेछ र त्यसमा पनि नतिजा बराबरी भए पेनाल्टीसुटआउटबाट निर्णय निकालिनेछ ।
‘यदी दुवै लेगको खेल सकिएपछि एउटा टोलीले अर्को टोलीभन्दा बढी गोल नगरेमा दोस्रो लेगपछि १५-१५ मिनेटको दुई हापको अतिरिक्त समय खेलाइनेछ । यदी त्यसमा पनि एउटा टोलीले विपक्षी भन्दा बढी गोल नगरेमा विजेता छिनोफानो गर्न पेनाल्टी सुटआउट हुनेछ’, प्रतियोगिता नियमावली च्याप्टर ३ को ११ को ९ नम्बर बुँदामा भनिएको छ ।
यसको अर्थ दशरथ रंगशालमा नेपाल विरुद्ध गोल गरेको लाओसलाई अब त्यो अवे गोलको कुनै फाइदा हुनेछैन । नेपालले पनि लाओसमा गोलरहित बराबरी खेलेमा कुनै घाटा लाग्ने छैन ।
नेपाल र लाओसबीच दोस्रो लेगमा स्प्षट अन्तरको जित हात पार्ने टोली एसियन क्षेत्रको छजोटको दोस्रो चरणमा प्रवेश गर्नेछ । यदी दोस्रो लेग बराबरी भएमा भने अतिरिक्त समय हुँदै खेल पेनाल्टीसुटआउसम्म पुग्न सक्छ ।
प्रतिक्रिया 4