+

एन्फाले खेलाडीको हितमा गरेको निर्णय माइन्युटमा गायब

२०८० पुष  १९ गते १२:०४ २०८० पुष १९ गते १२:०४
एन्फाले खेलाडीको हितमा गरेको निर्णय माइन्युटमा गायब

१९ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकट बिक्रीबाट उठेको रकमको २० प्रतिशत रकम खेलाडीलाई दिने भनेर गरेको निर्णय नै गायब पारेको छ ।

२ पुसमा बसेको एन्फाको केन्द्रीय कार्यसमिति बैठकले अब हुने अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा निशुल्क पास वितरण बन्द गर्ने र गेट टिकट बिक्री वितरणबाट उठेको रकमको २० प्रतिशत रकम प्रतियोगितामा सहभागी हुने उमेर समूह र राष्ट्रिय महिला तथा पुरुष फुटबल टिमका खेलाडीहरुलाई प्रदान गर्ने निर्णय गरेको थियो ।

त्यो बैठकको निर्णयको प्रतिलिपी (माइन्युट) एन्फाका महासचिव किरण राईले १६ पुसमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, केन्द्रीय सदस्य र पदाधिकारीहरुलाई पठाएका थिए । तर त्यसमा २ पुसमा गरेको निर्णय भने उल्लेख गरिएको छैन ।

एन्फाको विधानअनुसार कार्यसमिति बैठक बसेको १५ दिनभित्र कार्यसमितिका सदस्यहरुलाई लिखित रुपमा माइन्युट पठाउनुपर्छ । सोही अनुसार महासचिव किरण राईले मंगलबार कार्यसमितिका सदस्यहरुलाई पठाएको १७ बुँदे माइन्युटमा खेलाडीको विषयमा कार्यसमितिले गरेको निर्णय हटाइएको छ ।

यसमा एन्फाकै केन्द्रीय सदस्यहरुले आपत्ति जनाएका छन् । उनीहरुले कार्यसमिति बैठकमा छलफल नभएका विषयमा माइन्युट समेटिएको तर निर्णय भएको विषय हटाएको प्रतिक्रिया दिएका छन् ।

तर एन्फा प्रवक्ता सुरेश साहले टाइप मिस्टेक भएकोले त्यो निर्णय छुट्न गएको बताए । ‘त्यो निर्णय जानी जानी हटाएको होइन । टाइपिङमा गल्ती हुँदा छुटेको छ । पछि सच्याएर पुन: पठाइएको छ,’ शाहले भने ।

एन्फा बैठक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय