+
+

साफ यू-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १८:३०

४ माघ, काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनसिपका लागि नेपाली यू-१९ राष्ट्रिय महिला टोलीको घोषणा भएको छ ।

आगामी फेब्रुअरी २ देखि ८ सम्म बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

बन्द्र प्रशिक्षणका लागि बोलाइएको ३५ जनाको प्रारम्भिक टोलीबाट अन्तिम टोली चयन गरिएको हो ।

साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेशसहित भारत र भुटान गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिप सिंगल राउण्ड रोविनका आधारमा हुनेछ र लिग चरणपछि शीर्ष दुईमा रहने टोलीले लागि उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले फेब्रुअरी २ मा घरेलु टोली बंगलादेशसँग पहिलो खेल खेल्नेछ ।

नेपाली टोली

गोलिकपर : सुजाता तामाङ, करुणा बुढाथोकी, लिला जोशी

डिफेण्डर : दिव्य यसमाली मगर, सिता रोकाया, रोजिता विष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिमरन राई, माया मास्के,

मिडफिल्डर : बिर्सना चौधरी, झुमा विश्वकर्मा, साराह बज्राचार्य, सुशिला केसी, भावना परियार, पुनम चेम्जोङ

फरवार्ड : सेनु परियार, सुक्रिया मिया, बर्षा ओली, लिला चन्द ठकुरी, पुर्निमा राई,  समिक्षा मगर, सजिना स्याङ्गतान

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?