+
+
एसियन कप फुटबल :

अपेक्षित टिमको हुलमा ताजाकिस्तान

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते १२:१८

१८ माघ, काठमाडौं । कतारमा चलिरहेको एसियन कप २०२३ क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ । अन्तिम १६ को अन्तिम खेलमा इरान विजयी रह्यो ।

उसले सिरियालाई टाइब्रेकरमा हरायो । यससँगै अन्तिम आठको समीकरण पनि तयार भयो र यसको सबैभन्दा ठूलो विशेषता हो, अपेक्षित टिमको हुलमा ताजाकिस्तान ।

खास कुरा के भने ताजाकिस्तानले यहाँसम्मको यात्रा गर्नेछ भनेर कसैले सोचेका थिएनन् । किनभने ताजाकिस्तानले प्रतियोगितामै डेब्यु गरिरहेको हो ।

तर अब यही टिम फाइनल प्रवेशबाट दुई खेलबाट टाढा रहेको छ । ताजाकिस्तानले आफ्नो पहिलो नकआउट चरणको खेलमा बलियो यूएईलाई हराएको थियो । त्यो पनि टाइब्रकेरमा ।

यसलाई छाडेर अन्तिम १६ का खेलका नतिजा लगभग अपेक्षित जस्तै रहे । तर यही चरणमा दुई पूर्व विजेताको चुनौती पनि काटियो । त्यो भनेको साउदी अरेबिया र इराक । साउदी अरेबियाले दक्षिण कोरियाको सामना गरेको थियो र यो खेल फाइनलको तुलनामा कम्तीको पनि थिएन् ।

यो त दुई नाम चलेका प्रशिक्षक योर्गन क्लिन्समेनविरुद्ध रोबर्टो मानचिनीबीचको खेल थियो ।

तनावपूर्ण १२० मिनेटको खेलमा दक्षिण कोरिया प्रतियोगिताबाट बाहिरिने संघारमा पुगिसकेको थियो । तर अन्त्यमा दक्षिण कोरिया टाइब्रेकरमा विजयी रह्यो । जित क्लिन्समेनको रह्यो ।

इराक भने जोर्डनको हातबाट पराजित रहेको थियो । यसमा भने इराकले अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेको थिएन् । नत्र लिग चरणमा इराक पनि लयमै थियो ।

दक्षिण कोरियासँगै अन्य पूर्व विजेता अस्ट्रेलिया, इरान, जापान र कतार भने अन्तिम आठ पुग्न सफल रहे । अस्ट्रेलियाले इन्डोनेसिया, इरानले सिरिया, जापानले बहराइन र कतारले प्यालेस्टाइनलाई हराएको हो । यसमध्ये इरानको जित पनि टाइब्रेकरमै सम्भव भएको हो ।

कतार त आयोजक भयो नै, यो डिफेन्डिङ च्याम्पियन पनि हो । उसले इजरायल हमास युद्धबीच सबैको नजरमा रहेको प्यालेस्टाइनलाई भावपूर्ण स्थितिमा प्रतियोगिताबाट बिदाइ गर्‍यो ।

अन्तिम आठमा अब के हुनेछ त ?

दक्षिण कोरिया र साउदी अरेबिया जस्तै अबको चरणमा पनि दुई पूर्व विजेताको दुई खेल जुरेको छ । फेरि एकपल्ट दक्षिण कोरियाले पूर्व विजेताका रूपमा अस्ट्रेलियाको सामना गर्दैछ । अनि जापान र इरान पनि एक आपसमा भिड्दै छन् । यी दुई खेल पक्कै पनि हेर्न लायक रहनेछन् ।

विशेषतः लिग चरणमा न त जापान न दक्षिण कोरियाको खेल सुदृढ रहन सक्यो, तिनको नाम अनुसार । तर यस्ता अनुभवी टिम चाहिएको बेला निर्णायक खेल प्रदर्शन गर्न पनि माहिर हुने गर्छन् ।

‘डार्क हर्स’ सावित भएको ताजाकिस्तानको प्रतिद्वन्द्वी भने जोर्डन रहेको छ । कतारसामु उज्वेकिस्तानको चुनौती रहेको छ ।

अन्तिम १६ मै रोकिएको भए पनि प्यालेस्टाइनसँगै इन्डोनेसिया र थाइल्यान्डले पनि सबैको ध्यान खिच्न सफल रह्यो । बलियो इरानविरुद्ध सिरियाले जसरी खेल्यो, त्यो पनि प्रशंसा गर्न लायक रह्यो । यो तथ्य के सिद्ध गरेको छ भने अबको संस्करणमा एसियन कपलाई सहभागी टिमको संख्यामा विस्तार गर्ने योजना ठीक छ । अवसर नै नदिएर साना टिमले कसरी खेल्छ भनेर अनुमान गर्ने र ?

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?