+

जित्नै आँटेको खेल हार्दा राम्रो सिकाइ भयो : पुबुदु

२०८० माघ  २५ गते १९:२५ २०८० माघ २५ गते १९:२५
जित्नै आँटेको खेल हार्दा राम्रो सिकाइ भयो : पुबुदु

२५ माघ, काठमाडौं । नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा ७ रनको झिनो अन्तरले पराजित भएपछि क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले आफूहरुलाई राम्रो सिकाइ भएको बताएका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हारेपछि उनले अन्तिममा नेपालले कमब्याक गरेको बताए । ‘हामीले खेल राम्रोसँग सक्ने सम्भावना थियो, तर हामीले सोचे अनुरुप खेल सकेनौं,’ उनले थपे, ‘हामीले अन्त्यसम्म राम्रोसँग सक्ने योजना थियो । तर नेपालले अन्त्यमा निकै राम्रो कमब्याक गर्‍यो ।’

आजको हारबाट धेरै कुरा सिकेको भन्दै उनले अबका खेलमा नयाँ योजनासहित मैदानमा उत्रिने बताए ।

नेपाल र क्यानडाबीचको दोस्रो एक दिवसीय क्रिकेट शनिबार र तेस्रो एक दिवसीय क्रिकेट सोमबार कीर्तिपुरमा नै हुने छ ।

जितका लागि २२५ रनको सामान्य लक्ष्य पछ्याएको क्यानडाले ३७ औं ओभरको खेल सकिँदा ४ विकेट गुमाएर १८९ रन बनाएको थियो र उसलाई १३ ओभरमा मात्र ३६ रन बनाउनु पर्ने आवश्यकता थियो ।

तर नेपालका कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई जिताए । ८.५ ओभर बलिङ गरेका उनले २२ रन मात्र दिएर ४ विकेट लिए ।

रोहितको प्रशंसा गर्दै पुबुदुले भने, ‘रोहितको बलिङ निकै राम्रो थियो । उनले सही समयमा सही बलिङ गर्दा हामीले उनीविरुद्ध निकै रक्षात्मक क्रिकेट खेल्यौं । यो जितको क्रेडिट नेपालका बलर र विशेषतः रोहितलाई जान्छ ।’

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षकसमेत रहेका पुबुदुले नेपाली टिममा अहिले आफूले एकता देखेको बताए ।

‘उनीहरुमा एकता आएको छ । टिम एकतावद्ध भएर खेलेको छ,’ उनले भने, ‘विशेषतः क्यानको व्यवस्थापनमा पारस आउनु, विनोद दास र मोन्टी छन् । सही ठाउँमा सही मान्छे आउँदा नेपाली क्रिकेट निकै माथि जान सक्छ ।’

आफ्ना पुछारका ब्याटरहरुले नेपाली समर्थकमाथ दबाव लिएर खेलेको पनि उनले बताए । ‘केही खेलाडीले यो प्रकारको ठूलो मात्राको समर्थकले गर्दा प्रेसर अनुभव गरे,’ उनले भने, ‘हामीसँग राम्रा खेलाडी थिए तर हामीले यो प्रकारको वातावरणमा खेलेका थिएनौं । हामीले धेरै लामो समयदेखि ५० ओभरको खेल खेलेका पनि थिएनौं ।’

नेपाल भर्सेस क्यानडा पुबुदु दसानायके

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय