+
+

म्याक्सवेलको कीर्तिमानी शतकमा अष्ट्रेलियाको विशाल योगफल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १५:५४

२८ माघ, काठमाडौं । ग्लेन म्याक्सवेलको विश्व कीर्तिमान शतकमा अष्ट्रेलियाले दोस्रो टी-२० आई खेलमा वेस्ट इन्डिजलाई २४२ रनको विशाल लक्ष्य दिएको छ ।

एडिलेडमा टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाउँदै २४१ रन बनायो  । ग्लेन म्याक्सवेल ५५ बलमा १२ चौका र ८ छक्कासहित १२० रनमा नट आउट रहे । यो उनको टी-२० आई करिअरको पाँचौं शतक हो ।

म्याक्सवेलले रोहित शर्माको टी-२० आईमा सर्वाधिक ५ शतकको कीर्तिमान बराबर गरेका छन् ।

डेविड वार्नर २२, जोश इंग्लिस ४, मिचेल मार्स २९, मार्कस स्टोइनिस १६, टिम डेविड ३१ रन बनाए ।

जेसन होल्डरले २, अल्जारी जोशेप र रोमारियो शेफर्डले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?