+

रसेल र रदरफोर्डको उत्कृष्ट ब्याटिङमा वेस्टइन्डिजले अष्ट्रेलियालाई हरायो

२०८० फागुन  १ गते १७:४३ २०८० फागुन १ गते १७:४३
रसेल र रदरफोर्डको उत्कृष्ट ब्याटिङमा वेस्टइन्डिजले अष्ट्रेलियालाई हरायो

१ फागुन, काठमाडौं । फिनिसर आन्द्रे रसेल र शेर्फान रदरफोर्डको उत्कृष्ट ब्याटिङमा वेस्टइन्डिजले तेस्रो तथा अन्तिम टी-२० आई खेलमा घरेलु टोली अष्ट्रेलियालाई ३७ रनले हराएको छ ।

यद्ययी सिरिज वेस्टइन्डिजले अन्तिम खेल खेल्नु अगावै गुमाएको थियो ।

जितको लागि २२१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८३ रन बनाउन सक्यो ।

अष्ट्रेलियाका ओपनर डेविड वार्नरले ४९ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ८१ रन बनाए ।

टिम डेविड १९ बलमा २ चौका र ४ छक्कासहित ४१, मिचेल मार्श १७, आरोन हार्डली १६ र ग्लेन म्याक्सवेल १२ रनमा आउट भए ।

वेस्टइन्डिजका रोश्टन चेस र रोमारियो शेफर्डले २–२ विकेट लिए ।

त्यसअघि पर्थ स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रन बनाएको थियो ।

वेस्टइन्डिजका आन्द्रे रसेल २९ बलमा ४ चौका र ७ छक्कासहित सर्वाधिक ७१ रनमा आउट भए । शेर्फान रदरफोर्ड ४० बलमा ५ चौका र ५ छक्कासहित ६७ रनमा नट आउट रहे ।

एक समय ८.४ ओभरमा ७९–५ को अवस्थामा पुगेको वेस्टइन्डिजलाई छैटौं विकेटका लागि रदरफोर्ड र रसेलले ६७ बलमा १३९ रनको उत्कृष्ट साझेदारीका साथ विशाल योगफलमा पुर्‍याएका थिए ।

रोश्टन चेस ३७, जोहनसन चार्ल्स ४, कायल मेयर्स ११, निकोलस पुरन १ र रोभम्यान पावेल २१ रनमा आउट भए ।

अष्ट्रेलियाका डेब्यू खेल खेलेका जेभियर बार्टलेटले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । जेसन बेहरनडोफ, स्पेन्सर जोनसन, आरोन हार्डली र एडम जाम्पाले १–१ विकेट लिए ।

सुरुवाती दुई खेलमा अष्ट्रेलिया ११ रन र ३४ रनले विजयी भएको थियो ।

अष्ट्रेलिया क्रिकेट वेष्ट इण्डिज क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय