+
+

आरबीबी-एनभीए भलिबल च्याम्पियनसिप ३ चैतदेखि हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १५:२०

१४ फागुन, काठमाडौं । आठौं आरबिबि-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसीप चैत ३ देखि १० गतेसम्म हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिताका खेल राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हल त्रिपुरेश्वरमा हुने छन् ।

च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ९ टिमको सहभगिता रहने संघले पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगितामा पहिलो हुनेले ५ लाख, दोस्रो हुनेले साढे २ लाख र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ४०/४० हजार, व्यक्तिगत विधातर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले जनही १५/१५ हजार रुपैयाँ नगद पुरस्कार पाउने संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताए ।

यस्तै संघले मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंकसँग पनि सोमबारै सम्झौता गरेको छ । बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठ र अध्यक्ष चन्दले सम्झौता पत्रमा हस्ताक्षर गरे । मुख्य प्रायोजनवापत बैंकले संघलाई १८ लाख रुपैयाँ प्रदान गर्ने छ । प्रतियोगितालाई बैंकले मुख्य प्रायोजन गरेको लगातार छैटौं वर्ष हो ।

संघका महासचिव रोशन श्रेष्ठका अनुसार प्रतियोगिता सम्पन्न गर्न अनुमानित ५५ लाख खर्च लाग्ने छ । जसमा मुख्य पा्रयोजक बाहेक १० लाख रकम राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराउने र बाँकी रकम ब्रोडकास्टिङ राइट, टिकेट र विभिन्न संघ संस्थासंग सहकार्य गर्ने संघका अध्यक्ष चन्दले जानकारी दिए ।

भलिबल संघले यसअघि एनभीए भलिबल क्लब च्याम्पियनसिपको रुपमा यस प्रतियोगिता गर्दै आएकोमा यस वर्ष देखि क्लब हटाएर एनभीए भलिबल च्याम्पियनसिप बनाएको हो । ‘हामी क्लब देखि प्रदेशहरुलाई पनि यसमा खेल्ने अवसर दिनका लागि भलिबल च्याम्पियनसिप बनाएका हौँ । यसबाट खेलाडीहरु छनोटको आधार समेत हुने भएकोले सबैलाई समेट्ने प्रयास हो ।’ अध्यक्ष चन्दले भने ।

अध्यक्ष चन्दले यस च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली एनभीए भलिबल लिगका लागि छनोट हुने पनि जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?