+
+

मन्त्रालयले राखेपसँग माग्यो क्यान र एन्फाको विस्तृत विवरण

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १८:४०

२० चैत, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपालका नेपाल क्रिकेट संघ (क्यान) र अखिल नेपाल फुटबल संघ (एन्फा) को विस्तृत विवरण राष्ट्रिय खेलकुद परिषदसँग मागेको छ ।

नेपालका दुई चर्चित खेल फुटबल र क्रिकेटका विषयमा योजना, नीति तथा रणनीति तयार गर्न भन्दै मन्त्रालयले उनीहरुको विधान, आम्दानीको स्रोतलगायतका विवरण माग गरेको हो ।

मन्त्रालयले दुवै संघको पदाधिकारीको नाम, कार्यकारी भूमिकामा रहेका व्यक्तिको नाम, कर्मचारीहरुको विवरण, पछिल्लो ३ वर्षको प्रगति प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन, भौतिक पूर्वाधार र उपकरणको विवरण, खेलको विकासका लागि प्रदेश र स्थानीय तहसम्मका सञ्जाल तथा गतिविधि माग गरेको छ ।

त्यस्तै खेलको विकासका लागि सम्बन्धित संघबाट तयार भएका योजना, गुरुयोजना तथा कार्यक्रम, पछिल्लो ३ वर्षमा सहभागिता भएको अन्तर्राष्ट्रिय प्रतियोगिता, पदाधिकारीले गरेको विदेश भ्रमणको विवरण पनि माग गरेको छ ।

मन्त्रालयले १२ चैतमा यी विवरण क्यान र एन्फाबाट झिकाउन राखेपलाई पत्र लेखेको हो । मन्त्रालयको पत्र अनुसार क्यान र एनफालाई १८ चैतमा पत्र पठाएको राखेपले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?