+

१९ जेठदेखि प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग

२०८१ वैशाख  १६ गते १८:१९ २०८१ वैशाख १६ गते १८:१९
१९ जेठदेखि प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग

१६ वैशाख, काठमाडौं । आठौं प्रधानमन्त्री कप, एनभीए महिला तथा पुरुष भलिबल लिग प्रतियोगिता आगामी जेठ १९ देखि २६ सम्म हुने भएको छ ।

नेपाल भलिबल संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको आठौं संस्करणको मिति सार्वजनिक गरेको हो ।

प्रतियोगितामा २०८० चैत्र ३ देखि १० गतेसम्म काठमाडौंमा सम्पन्न आठौं आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपबाट छनोट भएका पुरुषतर्फ उत्कृष्ट ८ र महिलातर्फ उत्कृष्ट ६ गरी कुल १४ टिमको सहभागिता रहने छ ।

प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फको विजेता, उपविजेता र तेस्रो हुने टोलीले क्रमशः ८ लाख, ४ लाख र २ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै विधागततर्फ सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान ५० हजार, उत्कृष्ट लिब्रो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र टिम प्रशिक्षकले जनही २०–२० हजार प्राप्त गर्नेछन् ।

यस्तै एनभीएले यसै प्रतियोगिताबाट सहभागी हुने उपत्यका बाहिरका टिमहरूलाई एकमुष्ठ १ लाख २० हजार र उपत्यका भित्रका सहभागी टिमका खेलाडीहरूलाई दैनिक २ सय ५० प्रति खेलाडी खाजा खर्च दिने सुरुवात समेत गर्ने भएको छ ।

संघको नीति अनुरुप हरेक टिममा ३ जना विदेशी खेलाडीलाई राख्न सक्ने प्रावधान गरेको छ ।

यस प्रतियोगितामा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोटर्स क्लब, एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी टिम, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानीलकण्ठ भलिबल क्लबको सहभागिता रहने छ ।

महिलातर्फ नेपाल प्रहरी, एपीएफ क्लब, चन्द्रागिरि न्यू डायमण्ड, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब, बुटवल र कर्णाली प्रदेश भलिबल टिमको सहभागिता रहने छ ।

एनभीए प्रधानमन्त्री कप भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय