+

आठौं पोखरा स्पोर्ट्स अवार्ड : ४ विधाको मनोनयन सार्वजनिक

२०८१ वैशाख  १७ गते १६:३९ २०८१ वैशाख १७ गते १६:३९
आठौं पोखरा स्पोर्ट्स अवार्ड : ४ विधाको मनोनयन सार्वजनिक

१७ वैशाख, काठमाडौं  । ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड’ का लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ ।

आयोजक खेलकुद पत्रकार मञ्चले सार्वजनिक गरेको सूचिअनुसार खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका छन् ।

त्यस्तै, वर्ष खेलाडी महिला विधामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर मनोनयनमा परेका छन् । वर्ष खेलाडी पुरुष र महिला हुने खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन् ।

१७ वर्ष मुनिका खेलाडीबीच प्रतिस्पर्धा हुने उदीयमान खेलाडी विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, ब्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की उत्कृष्ट ३ मा छनोट भएका छन् । उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु पर्न सफल भएको मञ्चका महासचिव पौडेलले बताए ।

वैशाख  २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने स्पोर्ट्स अवार्डमा कुल ७ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । बाँकी विधाहरु लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ वा क्लब र पत्रकारिता अवार्डको घोषणा केही समय पछि सार्वजनिक गर्ने मञ्चले जनाएको छ ।

वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक,वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार सहित ट्रफी पाउने मञ्चका अध्यक्ष दीननाथ बरालले बताए । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिने समेत मञ्चले जनाएको छ ।

२०५७ सालमा स्थापना भएको खेलकुद पत्रकार मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ । मञ्चमा हाल ७४ जना पत्रकार आवद्ध छन् ।

अरुणा शाही अर्जुन कुमाल पोखरा स्पोर्ट्स अवार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय