+

नेपाली फुटबल टोलीको बिदाइ

२०८१ वैशाख  १७ गते १८:४६ २०८१ वैशाख १७ गते १८:४६
नेपाली फुटबल टोलीको बिदाइ

१७ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले इङ्ल्यान्ड ‘सी’सँग मैत्री फुटबल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेको छ ।

सोमबार एन्फा मुख्यालयमा आयोजित कार्यक्रमममा नेपालका लागि बेलायती राजदूत रोब फेन, एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राई लगायतले टोलीलाई बिदाइ गरेका हुन् ।

राजदूत फेनले बच्चा बेला आफूले पनि फुटबल खेल्ने गरेको स्मरण गर्दै नेपाली टोलीलाई सकारात्मक नतिजाका लागि शुभकामना दिए ।

एन्फा अध्यक्ष नेम्बाङले यस खेलका लागि पहल गर्ने पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई आभार व्यक्त गर्दै कोभिड १९ ले गर्दा यसअघि हुन नसकेको खेल अहिले हुन लागेको बताए ।

कार्यक्रममा एन्फा अध्यक्ष नेम्बाङले बेलायती राजदूत फेनलाई नेपालको जर्सी पनि हस्तान्तरण गरेका थिए ।

नेपालले वैशाख २४ गते (मे ६) मा अल्डरसटमा इङ्ल्यान्ड ‘सी’ सँग मैत्री खेल खेल्दैछ । उक्त खेलका लागि नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो एल्बर्टो एनेसले सोमबारै २३ सदस्यीय टोली घोषणा गरेका छन् ।

 

नेपाली टोली

गोलकिपर : किरणकुमार लिम्बु, अभिषेक बराल, विशाल सुनार

डिफेन्डर : छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ, रोहित चन्द

मिडफिल्डर : फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनीष डाँगी, लकेन लिम्बु

फरवार्ड : दिनेश हेन्जन, अन्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट

हेड अफ डेलेगेट्स : मनिष राज जोशी

म्यानेजर : उत्तम राज भण्डारी

अफिसियल : पुरुषोत्तम थापा

मुख्य प्रशिक्षक : भिनसेन्जो अल्बर्टो एनेस

सहायक प्रशिक्षक : प्रवेश कटुवाल

गोलकिपिङ प्रशिक्षक : विनोद डंगोल

फिजियो : लोकेन्द्र कुँवर

 

फोटो : विकास श्रेष्ठ

नेपाली फुटबल टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय