+

वेष्टइण्डिज विरुद्ध नेपालले फिल्डिङ गर्दै, टोलीमा दुई परिवर्तन

२०८१ वैशाख  २२ गते १२:१३ २०८१ वैशाख २२ गते १२:१३
वेष्टइण्डिज विरुद्ध नेपालले फिल्डिङ गर्दै, टोलीमा दुई परिवर्तन

२२ वैशाख, काठमाडौं । नेपालले पाँचौं तथा अन्तिम टी-२० खेलमा वेष्टइण्डिज ए सँग टस हारेर पहिला फिल्डिङ गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा वेष्टइण्डिजका कप्तान रोस्टन चेशले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् ।

चौथो खेलबाट नेपालले दुई परिवर्तन गरेको छ । स्पिनर सागर ढकाल र अनिल शाह खेल्दा ललितनारायण राजवंशी र गुल्शन झालाई बाहिर राखेको छ । टोलीमा अन्य परिवर्तन भने गरेको छैन ।

सुरुआती चार खेलमा वेष्टइण्डिजले सिरिज ३-१ ले जितिसकेको छ । आजको खेल नेपाललाई विश्वकप अघिको तयारी हुनेछ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । तर, त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित हुँदै सिरिज गुमाएको थियो ।

टी २० क्रिकेट नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय