+

स्वर्ण जितेको बास्केटबल टोलीलाई नेबाको सम्मान

२०८१ वैशाख  २७ गते १५:०१ २०८१ वैशाख २७ गते १५:०१
स्वर्ण जितेको बास्केटबल टोलीलाई नेबाको सम्मान

२७ वैशाख, काठमाडौं । नेपाल बास्केटल संघ (नेबा) ले चीनको युनान प्रान्तमा भएको थ्रि अन थ्रि बास्केटबलमा स्वर्ण जितेको नेपाली टोलीलाई सम्मान गरेको छ ।

नेबाले बिहीबार एक कार्यक्रम आयोजना गर्दै स्वर्ण विजेता टोलीलाई नगदसहित सम्मान गरेको हो ।

नेपाल बास्केटबल संघका अध्यक्ष  भीमसिंह गुरुङलगायतले खेलाडीलाई सम्मान गरेका थिए ।

संघले विजेता खेलाडी र प्रशिक्षकलाई जनही ३०-३० हजार र सम्मान पत्रबाट सम्मानित गरेको हो ।

विजय बुर्जाको कप्तानीमा रहेको टोलीमा मनीष केसी, निकेश मगर र निश्चल महर्जन थिए भने प्रशिक्षकमा सुशील गुरुङ थिए । जहाँ मनीष मोस्ट भ्यालुयबल प्लेयर घोषित भएका थिए । यस्तै सुशील गुरुङ उत्कृष्ट प्रशिक्षक चयन भएका थिए ।

गत साता युनान प्रोभिन्स बोर्डर ह्याप्पी भिलेज स्पोर्टस् कार्निभल थ्रि एक्स थ्रि बास्केटबल प्रतियोगितामा नेपालले गत वर्षको विजेता युनान प्रान्तको टिमलाई २०-१९ ले हराएर ऐतिहासिक स्वर्ण जितेको थियो ।

नेबाका अध्यक्ष भिमसिंह गुरुङले खेलाडीलाई सम्मान गर्ने यो सानो सुरुवात भएको र भविष्यमा बढाउँदै जाने बताए । ‘हामीले अहिले सानो सुरुवात गरेका छौं । उपलब्ध स्रोत साधनले भ्याएसम्म सम्मान गर्ने प्रयास गरेका छौं । भविष्यमा अझ बढाउँदै लैजानेछौं,’ गुरुङले भने ।

अध्यक्ष गुरुङले नेपालले छिटै फुल कोर्टको अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेल्ने तयारीमा रहेको र उमेर समूहको साबा बास्केटबल पनि आयोजना गर्ने तयारीमा रहेको जानकारी दिए ।

बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय