+

लेभरकुजनले बनायो अपराजित लिग जित्ने कीर्तिमान

२०८१ जेठ  ६ गते ७:१७ २०८१ जेठ ६ गते ७:१७
लेभरकुजनले बनायो अपराजित लिग जित्ने कीर्तिमान

काठमाडौं । बायर लेभरकुजनले अपराजित रहँदै जर्मन बुन्डेसलिगाको उपाधि जित्ने कीर्तिमान बनाएको छ ।

यसअघि नै उपाधि पक्का गरिसकेको लेभरकुजनले शनिवार भएको अन्तिम लिग खेलमा अग्सवर्षलाई २-१ ले पराजित गर्दै अपराजित रहेको हो ।

लेभरकुजनको जितमा भिक्टर बोनिफेस र रोबर्ट एन्ड्रिचले गोल गरे । खेलको १२औँ मिनेटमै बोनिफेसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । २७औँ मिनेटमा एन्ड्रिचले गोल गर्दै लेभरकुजनको अग्रता दोब्बर बनाए ।

अग्सवर्गका लागि ६२औं मिनेटमा मेर्ट कोमरले एक गोल फर्काए ।

लेभरकुजनले जर्मन बुण्डेसलिगामा अपराजित रहँदै पहिलो टोली बन्यो । उसले ३४ खेल खेल्दा २८ खेल जित्यो भने ६ खेल बराबरी खेलेको थियो । लेभरकुजनले ३४ खेलबाट ९० अंक जोड्यो ।

जावी अलोन्सोको लेभरकुजनले यस सिजन गज्जबको प्रदर्शन गरिरहेको र अपराजित यात्रालाई ५१ सम्म पुर्‍याएको छ । लेभरुकजनले यसै जर्मन कप र युरोपा कपको फाइनल खेल्न बाँकी छ । त्यो दुवै जितेमा ट्रेबल उपाधि जित्नेछ र अपराजित यात्रा ५३ पुग्नेछ ।

लेभरकुजनले पछिल्लो पटक गत सिजन बुचोमसँग ३-० ले पराजित भएको थियो । त्यसपछि कुनै खेल हारेको छैन ।

जर्मन बुन्डेसलिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय