+

अपराजित यात्राको कीर्तिमान बनाउँदै लेभरकुजन युरोपा लिगको फाइनलमा

२०८१ वैशाख  २८ गते ८:३९ २०८१ वैशाख २८ गते ८:३९
अपराजित यात्राको कीर्तिमान बनाउँदै लेभरकुजन युरोपा लिगको फाइनलमा

२८ वैशाख, काठमाडौं । जर्मन क्लब बायर लेभरकुजनले कीर्तिमानी प्रदर्शन गर्दै युरोपा लिगको फाइनलमा स्थान बनाएको छ ।

लेभरकुजनले युरोपमा लगातार ४९ खेलको अपराजित खेलको कीर्तिमान बनाएको हो ।

सेमिफाइनल दोस्रो लेगमा इटालियन क्लब रोमासँग २-२ को बराबरी खेलेपछि समग्रमा ४-२ को जित निकाल्दै लेभरकुजनले फाइनलमा स्थान पक्का गरेको छ ।

घरेलु मैदानमा भएको पहिलो लेग हारेको रोमाले दोस्रो लेगमा सुधारिएको प्रदर्शन गर्दै २-० को अग्रता बनाएको थियो । तर अन्तिम समयमा दुई गोल गर्दै लेभरकुजनले खेल बराबरी गरेको हो ।

लियोन्ड्रो पेरेडेसले दुई पेनाल्टी गोल गर्दै रोमालाई २-० को अग्रता दिलाएका थिए । तर ८२औं मिनेटमा रोमाकै जियानलुका मान्सिनीले आत्मघाती गोल गरे । यस्तै इन्जुरी टाइमको सातौँ मिनेटमा जोसिप स्टानिसिकले गोल गरेपछि लेभरकुजनले खेल बराबरी गरेको थियो ।

यस बराबरीपछि लेभरकुजन सबैखाले प्रतियोगितामा ४९ खेलसम्म अपराजित छ । जसमा ४० खेलमा विजयी भएको छ ।

गत सिजन लेभरकुजन युरोपा लिग सेमिफाइनलमा रोमासँगै पराजित भएको थियो । यस पटक त्यसको बदला समेत लिएको छ ।

लेभरकुजनले सन् १९६३-६३ मा युसोबियोको नेतृत्वमा वेनफिकाले बनाएको ४८ खेलको अपराजित कीर्तिमान तोडेको हो ।

युईएफएका अनुसार युरोपियन प्रतियोगिताहरुको सुरुवात भएयता त्यो नै सबैभन्दा लामो अपराजित यात्रा थियो जुन अहिले लेभरकुजनले तोडेको छ ।

जावी अलोन्सोको टोली लेभरकुजन यस सिजन ट्रेबल नजिक छ । जर्मन बुण्डेसलिगाको उपाधि जितेको लेभरकुजन जर्मन कपको पनि फाइनल पुगेको छ ।

यस्तै युरोपा लिगको उपाधिका लागि लेभरकुजनले २२ मे मा डब्लिनमा हुने फाइनलमा इटालियन क्लब एटलान्टासँग खेल्नेछ ।

एटलान्टाले फ्रेन्च क्लब मार्सेलाई समग्रमा ४-१ ले पराजित गर्दै फाइनल पुगेको हो । पहिलो लेग १-१ को बराबरी खेलेको एटलान्टाले दोस्रो लेगमा मार्सेलाई ३-० ले पराजित गरेको थियो ।

 

युरोपा लिग लेभरकुजन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय