एसी मिलान र युभेन्ट्सले अंक बाँडे, नापोली दोस्रो स्थानमा
२०७८ माघ १० गते १०:०६
१० माघ, काठमाडौं । इटालियन सिरी ए मा एसी मिलान र युभेन्ट्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
एसी मिलान बराबरीमा रोकिएपछि लिग लिडर इन्टर मिलानलाई फाइदा पुगेको छ भने नापोलीले पनि जित हात पार्दै यसको फाइदा लिएको छ ।
सालेर्निटानालाई ४-१ ले पराजित गर्दै नापोली दोस्रो स्थानमा उक्लेको छ । नापोलीका लागि जुयान जेससु, ड्राई मर्टेन्स, अमिर राहमानी र लरेन्जो इनसिग्नेले गोल गरे । सालेर्निटानाका लागि फेडेरिको बोनाजोलीले एक गोल फर्काए ।
एसी मिलान समान अंक भए पनि गोल अन्तरमा नापोली अघि छ । दुवैको २३ खेलबाट समान ४९ अंक छ ।
युभेन्ट्स २३ खेलबाट ४२ अंकसहित पाँचौ स्थानमै छ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4