+

टाइम्स र रोयल फाइनलमा

२०७९ जेठ  १० गते २१:०५ २०७९ जेठ १० गते २१:०५
टाइम्स र रोयल फाइनलमा

१० जेठ, काठमाडौं ।  टाइम्स इन्टरनेसनल कलेज र आयोजक रोयल स्पोर्ट्स सेन्ट्रल जिएए तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

टाइम्सले विशाल मिलन केन्द्र (वीएमके) लाई ८७–६५ ले पराजित ग¥यो । टाइम्सको जितमा श्रेयश शाहले २० अंक योगदान गरे ।

रवि पौडेलको २१ अंक सहयोगमा अघिल्ला दुवै संस्करणको विजेता रोयलले अन्माइस नेपाललाई ८७–५१ ले हरायो । फाइनल बुधबार हुने छ ।

रोयल र जेभियर उपाधिनजिक

रोयल स्पोर्ट्स सेन्ट्रल र जेभियर इन्टरनेसनल कलेज फादर वाट्रिन स्मृति महिला खुला बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा पुगेका छन् ।

राउन्ड रोविन लिगमा रोयल विजेता तथा जेभियर उपविजेता हुँदै फाइनलमा पुगेका हुन् ।

गोदावरी अल्मुनाइ एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगितामा रोयलले नयाँ बजार क्लब, कीर्तिपुरलाई ३४–१७ ले पाखा लगायो ।

रोयलकी प्रतिक्षा मगरले १४ स्कोर गरिन् । जेभियरले आईएसए नेपाललाई २८–१९ ले पन्छायो । जेभियरकी कृति चौधरीले ८ अंक जोडिन् । फाइनल बिहीबार हुने छ ।

बास्केट बल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय