२३ भदौ, काठमाडौं । न्यु डायमन्ड एकेडेमीले दोश्रो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।
पोखरामा भएको फाइनलमा न्यु डायमन्डले सशस्त्र प्रहरी बलको एपीएफ क्लबमाथि १४-२५, २५-१९, २३-२५, २५-१८ र १५-१२ को रोमाञ्चक जित हात पार्यो । विजेताले ५० हजार तथा उपविजेताले ३० हजार नगदसहित ट्रफी प्राप्त गरेको नेपाल भलिबल संघका सदस्य डम्बर नेपालीले जनाएका छन् । तेश्रो भएको ज्ञानुबाबाले २० हजारमा चित्त बुझायो ।
समा आदर्श सामुदायिक विकास समाजद्वारा आयोजित प्रतियोगितामा न्यु डायमन्डकी प्रतिभा माली उत्कृष्ट खेलाडी घोषित भइन् । स्पाइकरमा न्यु डायमन्डकी रमिला तण्डुकार, क्विकरमा न्यु डायमन्डकी ललिता नाथ, डिफेन्समा ज्ञानुबाबाकी मञ्जु गुरुङ, सर्वरमा ज्ञानुबाबाकी अरुणा शाही, ब्लकरमा एपीएफकी सरस्वती चौधरी तथा सेटरमा एपीएफकी विनिता बुढाथोकी उत्कृष्ट चुनिए ।
प्रतिक्रिया 4