२० जेठ, काठमाडौं । ओसिस क्लबलाई ५-० गोलअन्तरले पराजित गरी प्लानिङ ब्वाइज युनाइटेड सहिद स्मारक बी डिभिजन लिगमा बढुवा भएको छ ।
सी डिभिजन लिगबाट झापा फुटबल क्लब यसअघि नै बी डिभिजनमा उक्लिसकेको छ ।
शुक्रबार एन्फा कम्प्लेक्समा सम्पन्न लिगको अन्तिम खेलमा प्लानिङ ब्वाइजले यसअघि नै रेलिगेसनमा परिसकेको ओसिसमाथि सहज जित निकालेको हो । सुर्खेतको आरसी ३२ पनि प्रतिस्पर्धामा थियो ।
तर, एकै समयमा दशरथ रंगशालामा भएको खेलमा आरसी ३२ ले साँगा स्पोर्टस एकेडेमीसँग गोलरहित बराबरी खेल्यो ।
प्लानिङ ब्वाइजका लागि फागुराम थारुले ह्याट्रिक पूरा गर्दा अर्जुनकुमार राना र ओमप्रकाश चौधरी एक–एक गोल गरे ।
प्लानिङ ब्वाइजले लिगको १३ खेलमा ९ जित र चार बराबरी खेल्यो । यो टिम लिगमा अपराजित एकमात्र टिम हो ।
प्रतिक्रिया 4