चुवामेनी रियल मड्रिडमा
२८ जेठ, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले फ्रेन्च मिडफिल्डर ओरेलियन चुवामेनीलाई अनुबन्ध गरेको छ । रियलले २२ वर्षीय मिडफिल्डरलाई फ्रेन्च क्लब मोनाकोबाट अनुबन्ध गरेको हो ।
क्लबले शनिबार विज्ञप्ति जारी गर्दै चुवामेनीको अनुबन्धका लागि दुवै क्लब सहमत भएको र जुन १४ मा उनलाई प्रस्तुत गरिने जनाएको छ । चुवामेनी ६ वर्षको सम्झौतामा रियलमा अनुबन्ध भएका हुन् ।
रियलले चुवामेनीका लागि विभिन्न प्रावधानसहित एक सय मिलियन युरोमा उनलाई अनुबन्ध गरेको हो । चुवामेनीले गत सिजन मोनाकोका लागि ३५ खेल खेल्दै ३ गोल गरेका थिए ।
उनले फ्रान्सका लागि गत सेप्टेम्बरमा डेब्यु गर्दै ११ खेल खेलिसकेका छन् । चुवामेनीले रियलले नयाँ सिजनअघि अनुबन्ध गरेको दोस्रो खेलाडी हुन् । रियलले यसअघि डिफेण्डर एन्टोनियो रुडिगरलाई अनुबन्ध गरिसकेको छ ।
बक्स टु बक्स मिडफिल्डर चुवामेनी प्राविधिक रुपमा उत्कृष्ट खेलाडी हुन् ।
प्रतिक्रिया 4