+

एलपीएलको सातौं संस्करण कात्तिकमा

२०७९ असार  ३१ गते १५:४६ २०७९ असार ३१ गते १५:४६
एलपीएलको सातौं संस्करण कात्तिकमा

३१ असार, काठमाडौं । विद्यालयस्तरीय यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को सातौं संस्करण कात्तिक १३ देखि २६ गते सम्म धनगढीमा हुने भएको छ ।

प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय टिमको सहभागिता रहनेछ । सहभागी प्रत्येक टिमले ४ जना अन्डर-१९ राष्ट्रिय टिमका खेलाडीहरु समाबेश गर्न पाउनेछन्।

लिगको गत संसकरणमा अन्डर-१९ राष्ट्रिय टिमका कप्तान तथा राष्ट्रिय क्रिकेटर देव खनाल सहित आदील अन्सारी, बसिर एहमद सहित यु-१९ राष्ट्रिय क्रिकेटरहरु सन्तोष कार्की, अर्जुन साउद, शेर मल्ल, प्रकाश जैसी, बिपन रावल, विशाल बिक्रम केसी, सुवास ऐयर, आकाश चन्द, गौतम केसी, खडक बोहरा बिभिन्न टिमबाट सहभागी थिए।

लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सले आयोजना गर्ने प्रतियोगिताको विजेताले २ लाख ५१ हजार १५१ रुपैयाँ प्राप्त गर्ने छन्। यस्तै उपविजेताले १ लाख २५ हजार १२५ रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचले ३ हजार रुपैयाँ, प्रत्येक खेलको गेम चेन्जरले १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ द सिरिजले ३० हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलरले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

२०७३ साल देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको प्रतियोगिता बिगतको भन्दा यस पटक थप स्तरीय बनाउने बताएको छ।

लिटल फ्लावर प्रिमियर लिग क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय