+
+

अर्जेन्टिनी डिफेण्डर मार्टिनेज युनाइटेडमा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते २०:३७

११ साउन, काठमाडौं । अर्जेन्टिनी डिफेण्डर लिसेन्द्रो मार्टिनेज ६७ मिलियन युरोमा नेदरल्याण्डको आयाक्सबाट इंग्लिस टोली म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् ।

युनाइटेडका प्रशिक्षक इरिक टेन हाग २४ वर्षीय यी खेलाडीलाई युनाइटेड भित्र्याउन इच्छुक थिए । जसलाई उनले २०१९ मा आयाक्समा अनुबन्धित गरेका थिए ।

मार्टिनेजले युनाइटेडसँग पाँच वर्षको सम्झौता गरेका छन् । उनी सन् २०२७ सम्म ओल्ड ट्राफोटमा रहनेछन् भने सम्झौताअनुसार एक वर्षको विकल्प पनि हुनेछ ।

‘यो महान फुटबल क्लबमा आउन पाउनु मेरा लागि सम्मानको कुरा हो,’ मार्टिनेजले भनेका छन्, ‘म यो क्षणका लागि मिहिनेत गरिरहेका थिएँ । अब अझै राम्रो गर्नका लागि प्रयासरत हुनेछु ।’

सन् २०१९ मा अर्जेन्टिनी क्लब डिफेन्सा जस्टिसियाबाट ६.३ मिलियन पाउण्डमा आयाक्स पुगेका उनले डच क्लबका लागि १२० खेल खेलेका छन् । सन् २०१९ मा अर्जेन्टिनाको सिनियर टिमबाट डेब्यू गरेयता उनले ७ खेल खेलेका छन् । उनी सन् २०२१ को कोपा अमेरिका विजेता टिमका सदस्यसमेत हुन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?