+

मिडफिल्डर दीपा शाही र फरवार्ड अमिसा कार्कीको डेब्यु

२०७९ भदौ  २१ गते १७:४६ २०७९ भदौ २१ गते १७:४६
मिडफिल्डर दीपा शाही र फरवार्ड अमिसा कार्कीको डेब्यु

२१ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमबाट मिडफिल्डर दीपा शाही र फरवार्ड अमिसा कार्कीले  डेब्यु गरेका छन् ।

दुवै जनाले गत चैतमा भएको राष्ट्रिय महिला लिग त्रिभुवन आर्मीबाट खेलेका थिए ।

उपमेयर कपमा गतवर्ष उत्कृष्ट खेलाडी  बनेकी १९ वर्षीय मिडफिल्डर हुम्लाकी खेलाडी शाही वर्ष भारतमा भएको साफ यू-१९ च्याम्पियनसिपमा टिममा थिइन् । तर चोटका कारण उनले धेरै खेल्न पाइनन् ।

मिडफिल्डर दीपाले उपमेयर कपमा गरेको प्रदर्शनका आधारमा विभागीय टोली त्रिभुवन आर्मीबाट खेल्ने अवसर पाइन् । उनले गत चैतमा चितवनमा भएको राष्ट्रिय महिला लिग आर्मीबाट खेलेकी थिइन् ।

साफ यू-१९ खेलेकी अमिसा कार्की पहिलो पटक सिनियर टिममा स्थान बनाएकी हुन् । जसले डेब्यु गरिन् ।

अमिसा कार्की दीपा शाही साफ महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय