२७ भदौ, काठमाडौं । नेपाल पावरलिफ्टिङ संघको आयोजनामा आगामी शुक्रबार र शनिवार दोश्रो रुप स्मृति राष्ट्रव्यापी पावरलिफ्टिङ प्रतियोगिता हुने भएको छ ।
संघले पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता दशरथ रंगशालास्थित कभर्डहलमा आयोजना हुने जानकारी गराएको हो । पहिलो संस्करण २०७७ चैतमा आयोजना गरेको संघले दोश्रो संस्करण गर्न लागेको हो ।
प्रतियोगितामा पुरुषतर्फ ५९ केजी मुनि, ५९.१ देखि ६६ केजी सम्म ६६.१ देखि ७४ केजी सम्म, ७४१ केजी देखि ८३ केजी सम्म ८३.१ केजी देखि ९३ केजी सम्म र ९३ केजी देखि माथि तौल समूह समावेश छ । यस्तै पुरुष ४५ वर्ष माथि (सिनियर), पुरुष २१ वर्ष मुनि (जूनियर) पनि समावेश छ ।
महिलातर्फ: ५५ केजी मुनि, ५५.१ केजी देखि ६३ केजी सम्म ६३ केजी माथि तौल समूह समावेश छ । प्रतियोगिताको ओभरअल विजेताले १ लाख पाउनेछन् ।
तौल समूहमा पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा करिब १५० खेलाडीले सहभागिता जनाउने संघले जनाएको छ । नेपाल पावरलिफ्टिङ संघ वर्ल्ड र पावरलिफ्टिङ एसोसिएनमा आबद्ध भएको संघको अध्यक्ष सुन्दर भुषालले जानकारी दिए । अध्यक्ष भुषालले संघले कार्यक्रम गर्ने तयारी गरिरहँदा रुप कार्कीको निधन भएकोले उनकै सम्मानमा यो प्रतियोगिता सुरु गरिएको बताए ।
प्रतिक्रिया 4