+

रोजर फेडेररले लिए सन्यास

२०७९ भदौ  ३० गते १९:५१ २०७९ भदौ ३० गते १९:५१
रोजर फेडेररले लिए सन्यास

३० भदौ, काठमाडौं । स्वीस टेनिस स्टार रोजर फेडेररले सन्यासको घोषणा गरेका छन् ।

उनले अर्को हप्ता लण्डनमा हुने लभेर कप प्रतियोगिता आफ्नो जीवनकै अन्तिम प्रतियोगिता हुने बताएका छन् ।

‘मैले भविष्यमा ग्राण्ड स्लाम र अरु टुर मात्र होइन अन्य धेरै टेनिस खेल्न सक्थेँ,’ २० वटा ग्राण्डस्लाम उपाधि उचालेका उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो तितोमिठो निर्णय हो, किन कि मैले भ्रमणले दिने सबै कुरा याद गर्ने छु, एकै समयमा त्यहाँ मनाउने धेरै कुरा छन् ।’

उनी सबैभन्दा धेरै (२०) ग्राण्डस्लाम जित्ने तेश्रो खेलाडी हुन् । पहिलो स्थानमा रहेका राफायल नाडलले २२ वटा र नोभाक जोकोभिचले २१ वटा ग्राण्डस्लाम जितेका छन् ।

८ पटक विम्बल्डन जितेका उनी गत संस्करणमा क्वार्टरफाइनलबाट बाहिरिएका थिए । त्यसपछि ३ पटक घुँडाको शल्यक्रिया गरेका उनले १८ महिनादेखि प्रतियोगिता खेलेका छैनन् । फेडेररले २४ वर्षे करियरमा १५०० भन्दा बढी टेनिस खेल खेलेका छन् ।

रोजर फेडेरर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय