पुरुष बास्केटबलको सेमिफाइनल समीकरण पूरा
१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष बास्केटबलतर्फ मगंलबार भएको लिग चरणको खेलबाट नेपाल आर्मी, एपीएफ, बागमती र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पोखरा रगंशालामा मगंलबार सम्पन्न ‘थ्री अन थ्री’ बास्केटबल प्रतियोगिता अन्तर्गत समूह ‘ए’ तर्फको पहिलो खेलमा आर्मीले पुलिसलाई २१–२० स्कोरले हराउँदै सेमिफाइनलको यात्रा तय गर्यो । मंगलबार नै सम्पन्न दोस्रो खेलमा प्रदेश १ ले मधेशलाई २१–०५ स्कोरले हराएको छ ।
आर्मी ८ अंकका साथ समूह ए को विजेता बनेको छ भने एपीएफले ७ अंक जोड्दै उपविजेता बनेको छ । त्यस्तै समूह बी तर्फको पहिलो खेलमा बागमती प्रदेशले सुदूरपश्चिमलाई १४–१० स्कोरले हराएको छ । उक्त खेलपछि ७ अंकसहित उपविजेता बनेर बागमती सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह बी मा ८ अकंका साथ गण्डकी विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । सेमिफाइनलका खेलहरु बुधबार विहान हुनेछन् । ‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगिता अन्तर्गत मंगलबार दिउँसो २ बजेदेखि समूह बी तर्फ सुदूरपश्चिम प्रदेश र एपीएफबीच खेल हुनेछ भने दोस्रो खेलमा गण्डकी र कर्णाली प्रदेश भिड्दैछन् ।
प्रतिक्रिया 4