+
+

मेक्सिकोका प्रशिक्षक मार्टिनोले छाडे टिम

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते १७:४४

१५ असार, काठमाडौं । मेक्सिकोको फुटबल टिमका मुख्य प्रशिक्षक जेरार्डो मार्टिनोले आफ्नो पद छाडेका छन् ।

कतारमा जारी फिफा विश्वकपमा बुधबार साउदी अरेबियालाई हराए पनि समूह चरणबाटै बाहिरिएपछि मार्टिनोले प्रशिक्षक पद त्याग्ने घोषणा गरेका हुन् ।

समूह सी को अन्तिम खेलमा मेक्सिकोले साउदी अरेवियालाई २-१ ले पराजित गरेको थियो ।

तर पोल्याण्डको समान ४ अंक भए पनि गोल अन्तरमा पछि पर्दै मेक्सिको समूहमा तेस्रो भएर बाहिरिएको हो ।

खेल सकिएपछि ‘टाटा’ उपनामले चिनिते मार्टिनोले प्रेस कन्फ्रेन्समा पुगेर आफूले टिममा निरन्तरता नदिने बताएका हुन् ।

‘निराशाजनक प्रदर्शनका लागि म जवाफदेही छु । यस विश्वकपमा हामी फेल भएको स्वीकार गर्छौँ । मेरो सम्झौता रेफ्रीले खेल सकिएको हुसिल बजाएपछि नै सकिएको छ । अरु बाँकी केही छैन’, मार्टिनोले प्रेस कन्फ्रेन्समा भने ।

मार्टिनोले आफूले स्वतन्त्र रुपमा काम गरेको कतैबाट पनि दबाव नभएको भन्दै संघ र संघका अध्यक्षलाई धन्यवाद दिएका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?