+

उमेश पटवाल जनकपुर रोयल्सको मुख्य प्रशिक्षक नियुक्त

२०७९ मंसिर  २९ गते १६:४७ २०७९ मंसिर २९ गते १६:४७
उमेश पटवाल जनकपुर रोयल्सको मुख्य प्रशिक्षक नियुक्त

२९ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक रहिसकेका भारतीय उमेश पटवाल नेपाल टी-२० लिगमा जनकपुर रोयल्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । जनकपुर रोयल्सले बिहीबार विज्ञप्ति जारी गर्दै पटवाललाई प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

नेपाली क्रिकेटसँग परिचित पटवालले भारत, अफगानिस्तान, युएईमा समेत काम गरिसकेका छन् । उनी २०७६ सालमा करिब ८ महिना नेपालको मुख्य प्रशिक्षक थिए । त्यस्तै एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोजको प्रशिक्षक रहेका उनले पोखरा प्रिमियर लिगमा पनि काम गरेका थिए ।

जनकपुरको प्रशिक्षक बनेर फेरि नेपाल आउन पटवाल उत्साहित छन् । ‘म नेपाल टी-२० को पहिलो सिजनका लागि जनकपुरको मुख्य प्रशिक्षक बनेर नेपाल फर्कन पाउँदा उत्साहित छु । यसअघि चिनेका र नयाँ क्षमतावान खेलाडीसँग काम गर्न म तयार छु’ पटवालको भनाइ उधृत गर्दै जनकपुर रोयल्सले विज्ञप्तिमा भनेको छ ।

जनकपुरमा मालिक गोभिन्द कान्डेलवालले पटवाललाई आगामी सिजनको लागि मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गर्न पाउँदा खुशी लागेको बताएका छन् । ‘पटवाललाई रोयल्सको मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गर्न पाउँदा म खुशी छु । उनी नेपालको राष्ट्रिय टिम हेरिसकेका उनी नेपाली क्रिकेटसँग परिचित छन् । उनको नेतृत्वमा सफल हुनेमा आशावादी छौँ’ उनले भनेका छन् ।

राष्ट्रिय टिमका फास्ट बलर सोमपाल कामी मार्की प्लेअर रहेको जनकपुर टिममा सन्दीप जोरा, आदिल आलम, दिलिप नाथ, ललित राजवंशी, सुशन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, राजेश पुलामी, खड्ग बोहरा जस्ता खेलाडी छन् ।

नेपाल टी-२० लिग यही डिसेम्बर २३ देखि सुरु हुने तालिका छ । जनकपुरले पहिलो खेल डिसेम्बर २४ मा पोखरा एभेन्जर्ससँग खेल्ने तालिका छ ।

उमेश पटवाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय