१८ पुस, काठमाडौं । ब्राजिलियन फुटबल स्टार ड्यानी अल्भेस आफूमाथि लागेको यौन हिंसाको आरोपबाट मुक्त भएपछि क्लब फुटबलमा फर्कने भएका छन् ।
उनी मेक्सिकोको क्लब युनिभर्सिटी नेशनलमा फर्कन लागेका हुन् । स्पेनिस क्लब बार्सिालोना छाडेर उनी गत जुलाइमा पुमास भनेर चिनिने मेक्सिकन क्लबमा आबद्ध भएका थिए ।
बार्सिलोनाका पूर्व खेलाडी अल्भेसमाथि नाइट क्लबमा एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।
ती महिलाले अल्वेसले आफूलाई अनुचित तरिकाले छोएको भन्दै यौन दुर्व्यहारको आरोप लगाएकी थिइन् । आरोप लगाएपछि महिलाले उनीमाथि कानुनी कारबाहीको माग सहित पुलिसमा उजुरी गरेकी थिइन् । जसमा अल्भेससँग सोधपुछ पनि गरियो । तर अल्भेसले सफाइ पाए ।
४० वर्षका उनले कतार विश्वकपमा ब्राजिलका लागि २ खेल खेलेका थिए ।
विश्वकपपछि बिदामा रहेका अल्भेसले पुमासको जर्सीसहितको तस्वीर राख्दै आफू क्लबमा फर्कन लागेको बताएका हुन् ।
उनले इन्स्टाग्राममा लेखेका छन्, ‘हामी दोस्रो पटक पुन त्यहि आत्मविश्वास र व्यक्तित्वको साथमा मैदानमा उत्रिनेछौं, जसले हामीलाई चिनाउँछ । हामी सकरात्मक सोच सहित मानिसको इतिहासलाई बदल्नेछौं, छिट्टै भेटौंला ।’
प्रतिक्रिया 4