गौतम श्रेष्ठ
१ कात्तिक, रौतहट । पहिलो वियाग यु-१७ बालिका फुटबलको उपाधिका लागि रौतहट र काठमाडौं भिड्ने भएका छन् ।
शनिबार भएको पहिलो सेमिफाइनल खेलमा रौतहटले ताप्लेजुङलाई ४-० ले पराजित गरेको छ ।
हातेमाले सामुदायिक वनको खेल मैदानमा भएको खेलमा रौतहटको जितमा रोजिना माझी, अंजली जिम्बा, सुनिता योञ्जनले बल र मनिषा राउतले गोल गरिन् । कप्तान सुनिताले पेनाल्टी गोल गरेका थिइन् ।
खेलको ६५औं मिनेटमा रौतहटकी सुविना कुश्वरलाई फल गरेपछि ताप्लेजुङकी श्रृजना श्रेष्ठले रातो कार्ड पाएकी थिइन् ।
अर्को खेलमा काठमाडौंले झापालाई २-१ ले हराउँदै रौतहटसँगकेा उपाधि भिडन्त पक्का गरेको छ ।
काठमाण्डौका लागि ११ औं मिनेटमा लक्ष्मी तामाङले गोल गरिन् । तर, झापाकी सम्झना लावतीले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै बराबरी गरिन् । दोस्रो हाफमा लक्ष्मीले गोल गर्दै काठमाडौलाई फाइनलमा पुर्याइन् ।
प्रतिक्रिया 4