९ मंसिर, उर्लाबारी । मोरङको पथरीमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण पथरी गोल्डकपको फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई टाइब्रेकरमा ४-३ गोलले पराजित गर्दै सुनान्चु क्लब सिक्किम सेमीफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित ८० मिनेटको खेल १-१ गोलको बराबरीमा टुङ्गिएपछि खेलको अन्तिम निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
टाइबे्रकरमा सशस्त्रका सुदीप सेक्राकारले प्रहार गरेको पहिलो गोल सिक्किमका गोल रक्षक पिन्त्सो शेर्पाले बचाउ गरेका थिए । शसस्त्रका हेमन गुरुङले गोललाई निसाना दिन सकेनन् । सशस्त्रका पाल्साङ लामा, नवीन लामा र गणेश लावतीले पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।
सिक्किमका लागि अपि|mकन खेलाडीहरू पि्रन्स, तम्वोला, तेम्पो भुटिया र विकास थापाले गोल गरेका थिए ।
सोमबारको खेलमा मेन अफ द म्याच घोषित सिक्किमका सञ्जित सुब्बाको पेनाल्टी प्रहार सशस्त्रका गोल रक्षक अमृत चौधरीले रोकेका थिए ।
सिक्किमले मंगलबार हुने सेमिफाइनलमा नेपाल आर्मीको त्रिभुवन क्लवसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार पहिलो सेमिफाइनल खेल झापा -११ र नेपाल प्रहरीको नेपाल पुलिस क्लब बीच हुनेछ ।
-तेजन खड्का
प्रतिक्रिया 4