+

गोल्डेन गेट र सनसाइन क्वार्टरफाइनलमा

२०७१ माघ  १९ गते १८:११ २०७१ माघ १९ गते १८:११
गोल्डेन गेट र सनसाइन क्वार्टरफाइनलमा

Spa-Cup

१९ माघ, कैलाली । गोल्डेन गेट कलेज काठमाडौं र सनसाइन कलेज भैरहवा एसपीए कप क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

सोमबार भएको सनसाइनले सुदूरपश्चिमाञ्चल विश्व विद्यालयलाई ११ रनले हरायो । टस जितेर ब्याटिङ रोजेको सनसाइनले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो । सनसाइनका मयान्क यादवले ४५ र अन्तिम थापाले ४० रन बनाए ।

सुदूरपश्चिमाञ्चलका महेश शाहले ३ विकेट लिएका थिए ।

ज्वाफमा मैदान उत्रिएको सुदूरपश्चिमाञ्चलले २० ओभरमा ८ विकेटको क्षतिमा १६२ रन मात्रै बनाउन सक्यो । उसका लागि दिपक मल्लले ३८ रन बनाए भने महेश शाह ३४ रनमा नट आउट रहे ।

सुदूरपश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा सनसाइनका दिपेन्द्र यादव र मयान्क यादवले समान २/२ विकेट लिएका छन् । मयान्क यादव म्याप अफ दी म्याच भएका छन् ।

सोमबार नै हुने भनिएको अर्को खेलमा अछामको त्रिपुरासुन्दरी बहुमुखी क्याम्पस अनुपस्थित भएपछि गोल्डेन गेट क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०