३२ जेठ, काठमाडौं । अष्ट्रेलियाका स्टीभ स्मीथ टेष्ट क्रिकेटमा विश्वकै उत्कृष्ट ब्याट्सम्यान बनेका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको टेष्ट ब्याट्सम्यानको र्याङकिङमा स्मीथ पहिलो नम्बरमा छन् ।
स्मीथले पहिलो पारीमा बनाएको १९९ रनको मदतमा अष्ट्रेलियाले वेष्ट इण्डिजविरुद्धको दोस्रो टेष्ट २७७ रनको जित हात पार्नुका साथै दुई म्याचको सिरिज क्लीन स्वीप गरेको छ ।
स्मीथले अष्ट्रेलियाले खेलेको पछिल्लो छ टेष्टमा पाँच शतक बनाएका छन् । वेष्ट इण्डिजसँगको टेष्ट अघि उनी चौथो नम्बरमा थिए ।
विश्वको नम्बर एक टेष्ट ब्याट्सम्यान बन्ने क्रममा उनले श्रीलंकाका कुमार सांगाकारा, दक्षिण अफि्रकाका एबी डिभिलियर्स र हसिम अम्लालाई पछि पारे ।
टेष्ट ब्याट्सम्यानको र्याङकिङमा सांगाकारा दोस्रो स्थानमा झरेका छन् भने डिभिलियर्स तेस्रो र अमला चौथो स्थानमा छन् । श्रीलंकाका एन्जेलो म्याथु पाँचौं स्थानमा छन् ।
टेष्ट बलरको र्याङकिङमा डेल स्टेन शीर्ष स्थानमा कायमै छन् । जेम्स एण्डरसन दोस्रो र ट्रेन्ट बोल्ट तेस्रो स्थानमा छ ।
प्रतिक्रिया 4