+

मेम्फिसको प्रेरणामा म्यनचेष्टर युनाइटेड विजयी

२०७२ भदौ  २ गते ९:५७ २०७२ भदौ २ गते ९:५७
मेम्फिसको प्रेरणामा म्यनचेष्टर युनाइटेड विजयी

Memphis

२ भदौ, काठमाडौं । मेम्फिस डिफेको दुई गोलको मदतमा म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लिगको प्ले अफमा क्लब ब्रुगमाथि जित हात पारेको छ ।

मंगलबार राति भएको पहिलो लेगमा म्यानचेष्टर युनाइटेडले १० खेलाडीमा सिमित ब्रुगमाथि ३-१ को जित हात पारेको हो ।

वर्ल्ड ट्रार्फडमा भएको खेलमा ब्रुगले आठौं मिनेटमा माइकल क्यारिकको आत्मघाती गोलबाट सुरुवाति अग्रता लिएको थियो ।

तर, यो अग्रता धेरैबेर टिक्न सकेन । १३ औं मिनेटमा डिफेले बराबरी गोल फर्काए । पहिलो आफको अन्तिमतिर डिफेले नै व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

दोस्रो हाफको ८० औं मिनेटमा डिफेण्डर ब्राण्डन म्याकल रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि ब्रुग १० खेलाडीमा सिमित भयो ।

खेलको अन्तिममा फेलिनीले गोल गरेपछि म्यानचेष्टर युनाइटेड ३-१ ले विजयी भयो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय