३ बैसाख, झापा । झापामा जारी तेस्रो राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
प्रतियोगिताको दोस्रो दिन शुक्रबार आ-आफ्नो खेलमा जीत हात पार्दै तीन बिभागीय टोलीसहित पश्चिमाञ्चल भलिबल संघको टोली सेमिफाइनलमा पुगेका हुन् ।
लिगचरणमा तीन बिभागीय टोलीहरु त्रिभुवन आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ६/६ अंक पाएका छन् भने पश्चिमाञ्चलको ५ अंक छ ।
दोश्रो दिनको पहिलो खेलमा नेपाल प्रहरीले जाउलाखेल क्लबलाई २६-२४, २५-२१ र २५-१६ को सोझो सेटमा हराएको थियो । त्यस्तै अर्को खेलमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५-१८, २५-९, १२-२५, २३-२५ र १५-१० को सेटमा हरायो ।
त्यस्तै अर्को खेलमा सशस्त्रले ढोरपाटन क्लवलाई २५-१३, २५-१२ र २५-१९ को सोझो सेटमा हरायो । यता त्रिभुवन आर्मीले पनि मध्यमाञ्चललाई तीन शून्यको सोझो सेटमै पाखा लगायो । आर्मीले २५-१२, २५-१४ र २५-२१ को सेटमा जीत हासिल गरेको थियो ।
एपीएफले दोस्रो खेलमा जावलाखेलाई २५-११, २५-१५ र २५-२३ को सेटमा हरायो भने आर्मीले दिनको आˆनो दोस्रो खेलमा पूर्वाञ्चललाई २५-१२, १५-१२ र २५-२० को सोझो सेटमा पाखा लगायो ।
प्रतिक्रिया 4