+

कलेज प्रिमियर लिग क्रिकेट हुने

२०७३ वैशाख  १६ गते १०:०३ २०७३ वैशाख १६ गते १०:०३
कलेज प्रिमियर लिग क्रिकेट हुने

College-Premier-League१६ वैशाख, काठमाडौं । कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । शनिबारबाट सुरु हुने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २५ गतेसम्म चल्नेछ ।

कञ्चनजंघा इन्टरनेशनलको आयोजनामा हुन लागेको कलेज प्रिमियर लिग क्रिकेटमा १६ टिमको सहभागिता रहनेछ । जसमा राष्ट्रिय टोलीका खेलाडीहरु समेत छन् । हरेक टिमले दुई विदेशी खेलाडी समेत राख्न पाउने व्यवस्था गरिएको छ ।

टी-२० फम्र्याटको यो ८ दिने प्रगियोगिताको विजेताले २ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले एक लाख हात पार्नेछ ।  खेलका क्रममा हरेक दिन फ्यान अफ दि डे घोषणा गरिनेछ र विजेताले १० हजार पाउनेछ ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय