१६ वैशाख, काठमाडौं । केन विलियम्सनले न्यूजिल्याण्डको टेष्ट टीमको कप्तानको जिम्मावारी पाएका छन् । यससँगै उनी तीन वटै फम्र्याट टेष्ट, एकदिवसीय र टी-२० टिमको कप्तान बनेका छन् ।
२५ वर्षका केन विलियम्सनले हालै भारतमा सम्पन्न टी-२० विश्वकपमा न्यूजिल्याण्डको कपतानी गरेका थिए ।
ब्रेन्डन म्याकलमले हालै मात्र सन्यास लिएपछि अब केन विलियम्सनले टेष्ट टिमको कप्तानको भूमिका पाएका छन् । उनी न्यूजिल्याण्डका २९ औं टेष्ट कप्तान हुन् ।
र, उनी अहिले भारतमा आईपीएल खेलिरहेका छन् । न्यूजिल्याण्ड क्रिकेटका सीईओ डेभिड हृवाइटले टिमलाई अगाडि लैजान विलियम्सन सही व्यक्ति भएको बताए ।
प्रतिक्रिया 4