+

बार्यन म्युनिखलाई बुन्डेजलिगाको २६ औं उपाधि

२०७३ वैशाख  २६ गते ८:१० २०७३ वैशाख २६ गते ८:१०
बार्यन म्युनिखलाई बुन्डेजलिगाको २६ औं उपाधि

bryan munic२६ वैशाख, काठमाडौं । बार्यन म्युनिखले लगातार चौथो पटक जर्मन लिग बुन्डेजलिगाको उपाधि जितेको छ । उसको यो २६ औं उपाधि समेत हो ।

बार्यनले शनिबार राति भएको खेलमा इंगलस्टाडलाई २-१ गोल अन्तरले पराजित गरेको छ । खेलमा बार्यनले १५ औं मिनेटमा रोबर्ट लेभान्डोस्कीको पेनाल्टी गोलबाट अग्रता लिएकाके थियो । ३२ औं मिनेटमा उनले नै अग्रता दोब्बर पारे ।

खेलको ४२ औं मिनेटमा इंगलस्टाडले पनाल्टी गोल गर्‍यो र पहिलो हाफमा बार्यन म्युनिख २-१ ले अगाडि रहृयो ।  दोस्रो हाफमा दुबै टिमबाट गोल हुन सकेन र बार्यन म्युनिखले च्याम्पियन बनेको छ ।

जर्मन लिग बुन्डेजलिगा बार्यन म्युनिख
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय