+

कर छली प्रकरणमा मेस्सीको बयानः बुबा र लयरलाई विश्वास गर्छु

२०७३ जेठ  २१ गते १२:३५ २०७३ जेठ २१ गते १२:३५
कर छली प्रकरणमा मेस्सीको बयानः बुबा र लयरलाई विश्वास गर्छु

Leonal-Messi

२१ जेठ, काठमाडौं । बार्सिलोनाका स्टार फुटबलर लिओनल मेस्सी अदालतमा उपस्थित भएका छन् र आफ्ना पिता र कानुन व्यवसायीमाथि विश्वास रहेको बताएका छन् ।

मेस्सी र उनका बाबु जोर्जेमाथि कर छलीको आरोप लागेको छ । र, बार्सिलोनाको अदालतमा सुनुवाइ भइरहेको छ ।

अदालतमा बयान दिँदै मेस्सीले आर्थिक विषयमा आफूलाई केही थाहा नभएको बताए । आफू फुटबलमा केन्दि्रत भएको भन्दै उनले भने, म आफ्नो बुबा र कानुन व्यवसायीहरुलाई विश्वास गर्छु ।’

उनले आफ्नो बुबा र कानुन व्यवसायीहरुले कुनै सम्झौता हुँदा केही नभनेको र आफूले पनि केही नसोधेको बताए । उनले भने, उनीहरुले जहाँ भन्छन्, मैले त्यही हस्ताक्षर गरेँ ।

उनले अगाडि भने, मैले मेरो बुबालाई विश्वास गर्छु । उहाँले धोका दिनुहुन्छ भनेर कहिल्यै सोचेको छैन ।’

आफ्ना पिता र कानुन व्यवसायीहरुले कानुन उल्लंघन हुँदैछ भन्ने कुनै संकेत समेत नदिएको उनले बताए ।

अदालतमा मेस्सीका बुबा जोर्जेले पनि बयान दिए । स्पेनको कानुन र चिनियाँ भाषा आफ्नो लागि उस्तै भएको उनले बताए । उनले भने, मलाई यो कानुनबारे केही थाहा छैन । मेरो सामू केही प्रस्तुत हुँदा हुन्छ र हुन्न मात्र भन्छु ।’

आफ्नो लक्ष्य छोराको जीवन सहज बनाउने र उनलाई फुटबलमा केन्द्रित हुन दिन मात्र भएको उनले बताए । उनले आफूहरुलाई कानुनी र अकाउन्टिङ सहयोग आवश्यक रहेको मेस्सीका बुबाले बताएका छन् ।

 

मेसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०