काठमाडौं । ओर्ल्ड ट्राफोटमा हुने पाकिस्तानबिरुद्धको दोस्रो टेष्टका लागि जेम्स एण्डरसन, बेन स्टोक्स र अदिल रशिदलाई १४ सदस्सीय इंग्लिस क्रिकेट टिममा समाबेश गरिएको छ ।
एण्डरसन र स्टोक्स चोटमुक्त हुँदै टोलीमा फर्किएका हुन् । उनीहरु काउन्ट्री च्याम्पियनसीपको एक अर्काबिरुद्ध खेलेपनि टिममा बोलाइएका हुन् । तर रशिदको बारेमा भने सबैलाई चकित पार्दै यी लेगस्पिनरले इंग्लिस टोलीमा स्थान बनाएका हुन् ।
रशिदको आगमनपछि इंग्ल्याण्डले दुई स्पिनर खेलाउने वा मोइन अलीलाई आराम दिनेमध्ये १ निर्णय गर्नेछ । अलीले पहिलो टेष्ट लर्ड्समा कमजोर प्रदर्शन गरेपछि आलोचित भएका थिए । यो बर्ष उनले बलिङ औषत ९२ छ । यता रशिदको भने काउन्ट्री च्याम्पियनसीपमा ३५.३० को औषतमा २० विकेट र ३७.४४ को औषतमा ३३७ रन बनाएका छन् ।
रशिदले इंग्लिस टोलीबाट अहिलेसम्म खेलेका तीनवटै खेल पाकिस्तानबिरुछ छन् । युएईमा गतबर्ष भएको उनको डेब्यू खेलमा पहिलो इनिङ १६३ रन खर्चेर कुनै विकेट लिन नसकेपनि दोस्रो इनिङमा ६४ रन दिएर ५ विकेट लिएपछि उनी चम्किएका थिए । उनकै प्रदर्शनको सहयोगमा इंग्ल्याण्डले त्यस टेष्ट जितेको थियो । तर त्यसपछिको दुई टेष्टमा खराव प्रदर्शन गरेका उनले ६९.५० को औषतमा त्यस सिरिज टुङ्ग्याएका थिए ।
यता पाखुराको चोटबाट मुक्त भएर काउन्ट्री च्याम्पियनसीपमा आएका एण्डरसनले डरहृयामबिरुद्ध २२ ओभरमा ५८ रन खर्चेर ३ विकेट लिएका थिए । उनी चोटका कारण पहिलो टेष्टबाट बाहिरिएका थिए । इंग्लिस छनौटकर्ताले एण्डरसनको मेडिकल टिमसँग बसेर छलफल गरेपछि उनलाई टोलीमा फिर्दा बोलाएका हुन् ।
यता गत मे मा भएको श्रीलंकाबिरुद्धको पहिलो टेष्टमा घुँडाको चोट लागेका दुई महिनादेखि नदेखिएका स्टोक्सले पनि ओल्ड ट्राफोटमा इंग्ल्याण्डका लागि खेल्नेछन् ।
प्रतिक्रिया 4