स्पेनिस गोलरक्षक डि जियाले यौन उत्पीडनको आरोपबाट मुक्ति पाए
म्यान्चेस्टर युनाइटेड तथा स्पेनिस टोलीका स्टार गोलरक्षक डेभिड डि जियाबिरुद्ध युरो २०१६ को समयमा लागेको यौन उत्पीडनको आरोपमाथि थप सुनुवाई नहुने भएको छ ।
युरोकप फुटबल सुरु हुनुभन्दा केहि दिन अघिमात्र एक बेश्याले जिया र उनका दुई साथीहरुबिरुद्ध यौन उत्पीडनको अरोप लगाएकी थिइन् । पि्रमियर लिगका नम्बर एक गोलरक्षकले यस आरोपको डटेर इन्कार गरेका थिए ।
जियासहित एथ्लेटिको विल्वाओका स्ट्राइकर आइकर मुनियान र अर्का पि्रमियर लिग खेल्ने स्पेनिस खेलाडीले सन् २०१२ मा मडि्रडको एक पाँचतारे होटलमा बेश्याहरुलाई जम्मा गराएर नांगो नाच देखाएको आरोप लागेको थियो । त्यसैबेला उनीहरुले उजुरीकर्ता बेश्यालाई उत्पीडन गरेका थिए ।
यस्तो आरोप लागेपछि तत्कालिन स्पेनिस प्रशिक्षक भिन्सेन्ट डेल वक्सलाई जियालाई प्रशिक्षणबाट निकालेर घर फर्काउन दवाव आएको थियो । तर अनुभवी प्रशिक्षकले उनलाई घर फर्काउनुको सट्टा स्पेनिस पोष्टको मुख्य जिम्मेदारी सुम्पिए । यस युरोमा उत्कृष्ट प्रदर्शन गरेका स्पेनिस खेलाडीमध्ये जिया सबैभन्दा अगाडि छन् ।
प्रहरी र न्यायाधीशले स्वेच्छिक यौन सम्पर्कका बेला भएको झगडाबारे आरोपितसँग बयान लिनुपर्ने आवश्यकता नरहेको बताएपछि जियाले राहतको श्वास लिएका छन् ।
२५ बर्षीय सुपरस्टार जियाले आफ्ना बिरुद्ध सामाजिक सञ्जाल र स्पेनिस मिडियामा बेइज्जत गरिएको बताएका छन् । उनले नखाएको बिष लागेको बताए ।
प्रतिक्रिया 4