+

रोनाल्डोको दोस्रो होटल लिस्बोनमा खुल्दै

२०७३ असोज  १६ गते ११:२६ २०७३ असोज १६ गते ११:२६
रोनाल्डोको दोस्रो होटल लिस्बोनमा खुल्दै

Ronaldo's Lisbon hotel१६ असोज, काठमाडौं । रियल मड्रिडका स्टार स्ट्राकइर क्रिष्टियानो रोनाल्डो स्पेनिस ला लिगामा एइबरसँगको खेल लगतै लिस्बोन उड्ने भएका छन्, जहाँ उनको दोस्रो होटल खुल्दैछ ।

मडिइरामा उनले यसअघि नै होटल खोलेका छन् । अब उनले पोर्चुगलको राजधानीमा अर्को होटल खोल्न लागेका हुन् । पेस्टाना सीआर ७ नामको यो होटलमा ८२ वटा कोठा रहेका छन् ।

पेस्टाना होटलको चेन अन्तरगत लिस्बोनमा खुल्न यो होटल फोर स्टार होटल हो र, १८ देखि ३४ वर्षको युवा पुस्तालाई आकषिर्त गर्ने अनुमान छ ।

मार्काका अनुसार रोनाल्डो पेस्टानालाई रियल मड्रिड र न्यूयोर्कमा पनि विस्तार गर्ने सोचमा रहेका छन् ।

रोनाल्डो होटल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय